युएईविरुद्ध नेपालले बलिङ गर्दै

काठमाडाैं | कात्तिक १७, २०८०

युएईविरुद्ध नेपालले बलिङ गर्दै

काठमाडौं:    नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईसँग टस हारेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले फिल्डिङको निम्तो पाएको छ ।


नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन् । विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।


नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी पहिलो खेल खेल्नुअघि सिंगापुरविरुद्ध सोमबार नै एंकलमा चोट लागेको थियो । टसको समयपछि उनी घाइते भएपछि प्लेइङ-११ परिवर्तन गर्दै विवेक यादवलाई नेपालले मौका दिएको थियो । दीपेन्द्रले बिहीबार नेटमा अभ्यास गरेका थिए । दीपेन्द्रले मुलपानी मैदान आए देखीनै सुरुवात देखीनै नेटमा अभ्यास गरेका थिए । दीपेन्द्रलाई नेपालले खेलाउने जोखिम लिएको छ ।


नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टी-२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।


नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ ।


नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो । हङकङलाई २२ रनले हराएको थियो ।


नेपाल र युएईबीच टि२० आईमा ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टी-२० आई खेलमा नेपाल युएईसँग तीन पटक पराजित भएको छ ।


नेपालको प्लेइङ ११:

 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव, सन्दीप लामिछाने,

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् ।    नेपाल...

थप पढ्नुहोस्

पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।   शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।   मृत्य...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा प्लानिङ ब्याइज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा फ्रेन्डस् क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै प्लानि...

थप पढ्नुहोस्